काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरको पद रिक्त भएमा उपमेयरले स्वतः कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार आजदेखि डंगोल महानगरको कार्यकारी नेतृत्वमा पुगेकी हुन् ।
मेयर बालेन शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन् । उनले आजैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका थिए ।
मेयरको राजीनामापछि काठमाडौं महानगरपालिकाको प्रशासनिक तथा नीतिगत जिम्मेवारी अब उपमेयर डंगोलको नेतृत्वमा अघि बढ्नेछ ।






प्रतिक्रिया