२०८३, ७ कार्तिक शनिबार

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास


काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै गएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पार्टी फुट र आन्तरिक द्वन्द्वलाई रोक्न सबै नेता–कार्यकर्तालाई एकता कायम राख्न आह्वान गरेको छ।

बैठकका निर्णयबारे पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै भने, “कांग्रेसका अगाडि चुनौतीका पहाड छन्। हामी सबै एकतामा केन्द्रित भएर अघि बढ्नुपर्ने अवस्था छ। जनतालाई पार्टीसँग जोड्नु र आगामी प्रतिनिधिसभा निर्वाचनमा मजबुत भूमिका खेल्नु आवश्यक छ।”

बैठकले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि पार्टीलाई सुदृढ बनाउने भूमिकामा सक्रिय रहन आग्रह गरेको छ। यसैबीच, बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीभित्र अभिभावकीय भूमिकामा रहन आग्रह गरेको छ। चालिसेका अनुसार देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वको उच्च मूल्याङ्कन गरिएको छ।

“आगामी दिनमा पनि देउवाको अभिभावकीय भूमिका रहने विश्वास पार्टीले लिएको छ,” उनले जोड दिए। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा पार्टी उम्मेदवार चयन प्रक्रियामा केन्द्रित रहेको पनि प्रवक्ताले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  २ : ५४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना