भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमनास्थित डेरा गरी बस्ने काभ्रे जिल्लाको तेमाल गाउँपालिका–९ घर भएका ३७ वर्षीय लनाम तामाङ रहेका छन्।
प्रहरीका अनुसार तामाङले आफ्नै श्रीमती ३८ वर्षीया लालमाया तामाङको हत्या गरेको आरोपमा बिहीबार बिहान पक्राउ परेका हुन्। घरायसी विवादका क्रममा लनाम तामाङले सिलौटो प्रहार गर्दा लालमायाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।






प्रतिक्रिया