२०८२, १२ पुस शनिबार

घरेलु मैदानमा नेपालको लज्जास्पद हार

घरेलु मैदानमा नेपालको लज्जास्पद हार


काठमाडौँ, ३ असोज : एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ई को खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको हो । फिलिपिन्सले नेपाललाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो ।

फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई गोल गरिन् । उनले खेलको पहिलो हाफको ४२औँ र ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन् । त्यस्तै फिलिपिन्सले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो । खेलको ७६औँ मिनेटमा फिलिपिन्सकी किइनी मियाक एलामोले थप एक गोल गरिन भने ८२औँ मिनेटमा अर्की खेलाडी मिकाइला भिलासिन एक गोल थपिन् ।

अब नेपालले आफ्नो दोस्रो खेलमा म्यान्मासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ६ : ४५ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको