काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम तीव्र रूपमा अघि बढेको छ । जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य धमाधम भइरहेको छ ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनका नमुना मतपत्र छपाइ सुरु गरिएको हो । निर्वाचन आयोगका अनुसार यस चरणमा करिब १० लाख नमुना मतपत्र छपाइ गरिनेछ । साथै समानुपातिक निर्वाचन प्रणालीतर्फ करिब २ करोड ८ लाख मतपत्र छपाइ हुने जनक शिक्षाले जनाएको छ ।
समानुपातिकतर्फ ६४ राजनीतिक दलले बन्दसूची बुझाएका छन् । तीमध्ये १० वटा दलले एकल निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् । त्यसअनुसार समानुपातिकतर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिह्न समावेश हुनेछन् ।
निर्वाचन आयोगले समयमै मतपत्र छपाइ सम्पन्न गरी देशभर सुरक्षित रूपमा वितरण गर्ने तयारी भइरहेको जनाएको छ ।






प्रतिक्रिया