२०८३, ६ कार्तिक शुक्रबार

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित


काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दर्ता भएका उम्मेदवारमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावली अनुसार, यी ११ पदमा एकल उम्मेदवारी परेपछि उनीहरू स्वतः निर्वाचित भएका हुन्।

प्रदेश–स्तरमा महिला केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भए। मधेशी कलस्टरबाट युवा सदस्यमा अमरकुमार यादव निर्विरोध चयन भए, जबकि अर्को पद रिक्त रहेको छ। समावेशी मुस्लिम महिला केन्द्रीय सदस्यमा खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलामा कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन्।

पिछडिएको क्षेत्रकी महिला सदस्यमा वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

पार्टीको अनुशासन आयोगमा अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोगमा अध्यक्ष डा. पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिव ईश्वरीप्रसाद खरेल निर्विरोध चयन भएका छन्।

प्रकाशित मिति : २०८२, २९ मंसिर सोमबार  ११ : ३८ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट