२०८३, ७ कार्तिक शनिबार

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल


काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको तयारी सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेकी छन्।

प्रधानमन्त्री कार्कीसँगको भेटका लागि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोबिता गौतम बालुवाटार पुगेका थिए। बैठकमा आगामी निर्वाचन, राजनीतिक वातावरण र सरकारको तयारीबारे विस्तृत कुरा भएको बताइएको छ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकारले भयरहित, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। निर्वाचन सुरक्षादेखि व्यवस्थापनसम्म आवश्यक पूर्वतयारी तीव्रगतिमा भइरहेको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक सहभागी रास्वपा नेताले जानकारी दिए।

रास्वपाका नेताहरूले पनि निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने र आवश्यक परे सरकारले गर्ने व्यवस्थापन तथा समन्वयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय आगामी निर्वाचनका तयारीलाई गति दिन विभिन्न दलका शीर्ष नेताहरूसँग निरन्तर परामर्श गरिरहेकी छन्। शनिबार नै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग पनि बालुवाटारमा छलफल गरेकी छन्।

प्रकाशित मिति : २०८२, १३ मंसिर शनिबार  ८ : २२ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट