२०८३, ३० भाद्र बुधबार

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन


काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनका प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ। संगठन विभाग प्रमुख काशीनथ अधिकारीका अनुसार सबै क्षेत्रमा अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गर्न र त्यसको विवरण तत्काल विभागमा पठाउन भनिएको छ।

सर्वसम्मतिको प्रयास मंसिर १२ सम्म गर्ने र आवश्यक परे मंसिर १३ गते अनिवार्य रूपमा निर्वाचन प्रक्रियामा जाने निर्देशन दिइएको छ। केही जिल्लामा बढी शुल्क लिएको गुनासो आएपछि उम्मेदवारी दर्ता शुल्क १ हजार रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरिएको छ।

प्रतिनिधि छनौट सहज बनाउन खटिएका नेताहरूलाई समयमा जिम्मेवारी स्थलमा पुग्न आग्रह गरिएको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि देशभर र प्रवासमा मंसिर १३ गते एकैदिन प्रतिनिधि छनौट हुनेछन्। महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुने अपेक्षा छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ९ : ०७ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला