२०८३, २९ भाद्र मंगलबार

नारायणगढ-पथलैया सडक विस्तारमा वन्यजन्तुमैत्री फ्लाइओभर, छिट्टै ठेक्का आह्वान

नारायणगढ-पथलैया सडक विस्तारमा वन्यजन्तुमैत्री फ्लाइओभर, छिट्टै ठेक्का आह्वान


काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-पथलैया १०० किलोमिटर सडक विस्तारका लागि ठेक्का आह्वानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। एशियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा विस्तार हुँदै गरेको यस सडकमा नेपालकै पहिलो वन्यजन्तुमैत्री फ्लाइओभर निर्माण गरिने तयारी छ।

सडक विभागका अनुसार पहिलो चरणमा गोन्द्राङसम्म करिब ७ किलोमिटर विस्तार भइसकेको छ भने बाँकी खण्डका लागि केही हप्ताभित्रै नयाँ ठेक्का आह्वान हुने छ। नयाँ संरचनाअन्तर्गत मुख्य सडक चार लेन र बजार क्षेत्रमा सर्भिस लेनसहित आठ लेन रहनेछ।

जंगली जनावरको सुरक्षित आवागमनका लागि टिकौली जंगल र अमलेखगञ्ज आधाभार क्षेत्रमा करिब २ किलोमिटर क्षेत्रमा तीन–तीन लेनका फ्लाइओभर निर्माण गरिनेछ। फ्लाइओभरको माथि सवारीसाधन गुड्ने र तल जनावर वारपार हुने व्यवस्था रहनेछ।

यसअघि एडीबी सहयोगमा बुटवल–नारायणगढ खण्डमा ११२ अन्डरपास र दुई ओभरपास निर्माण भइरहेको छ। जनावरका मृत्यु दर बढ्दै गएको निरीक्षण भएका कारण हालका सडक विस्तारमा वन्यजन्तुमैत्री संरचना अनिवार्य जस्तै बन्दै गएको छ।

नेपाल सरकारले २०७८ मा जारी गरेको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका’ कार्यान्वयनसँगै विश्वविद्यालय तहमा वन्यजन्तु तथा वातावरणमैत्री पूर्वाधारसम्बन्धी पाठ्यक्रम पनि पढाइ थालिएको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ९ : ०१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक