२०८३, ७ कार्तिक शनिबार

जेन–जीको नाममा देशमा अराजकता, सरकार ‘मुकदर्शक’ : उपमहासचिव ज्ञवाली

जेन–जीको नाममा देशमा अराजकता, सरकार ‘मुकदर्शक’ : उपमहासचिव ज्ञवाली


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशभर फैलिँदै आएको अराजकतावाद रोक्न सरकारले पूर्ण असफलता देखाएको र उल्टै त्यसको “संरक्षक”को भूमिका खेलेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा बसेको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको जनपरिचालन समितिको पहिलो बैठकमा सम्बोधन गर्दै ज्ञवालीले जेन-जीको नाममा राज्यसत्ताले नियन्त्रित समूहहरूले अस्थिरता फैलाइरहेको बताए। उनले सुरक्षा निकायहरू “मुकदर्शक” बनेर बसेको कडा टिप्पणी गरे। ज्ञवालीले भने, “देशलाई अराजकतापथमा धकेल्ने शक्तिहरू अहिले सरकारकै छायाँ संरक्षणमा बढिरहेका छन्। रोकथाम गर्ने जिम्मेवार निकाय नै उछृङ्खलतालाई खुला छुट दिइरहेछ।” उनका अनुसार पछिल्ला घटना साधारण अव्यवस्था नभई राष्ट्रको समृद्धि अवरुद्ध गर्ने योजनाबद्ध गतिविधि हुन्।

उहाँले देश–विदेशबाट सक्रिय केही शक्तिहरू नेपालको राजनीतिक स्थायित्व कमजोर पार्ने उद्देश्यले गतिविधि सञ्चालन गरिरहेको दाबी गर्दै त्यसविरुद्ध “संगठित जनपरिचालन” नै प्रभावकारी प्रतिउत्तर हुने उल्लेख गरे। ज्ञवालीले एमालेलाई ऐतिहासिक रूपमा जनपरिचालन र स्थिरताका लागि अग्रपंक्तिमा उभिने पार्टी रहेको स्मरण गराउँदै अहिले पनि त्यही भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए। उनले कडा चेतावनी दिंदै भने, “अराजकतावादलाई प्रश्रय दिने प्रवृत्ति अब खतराको रूपमा परिणत हुँदैछ। एमाले अब मौन रहने छैन-देशविरोधी गतिविधिको जति कडा प्रतिरोध चाहिन्छ, त्यति नै कडा रूपमा उभिन्छ।”

बैठकमा सहभागी अन्य नेताहरूले पनि सरकारको कमजोर नेतृत्व, संवैधानिक संस्थामा हस्तक्षेप र राजनीतिक उद्देश्यले संरक्षित हिंसात्मक गतिविधिबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए। एमालेले आगामी दिनमा देशभर व्यापक जनपरिचालन अभियान सञ्चालन गर्दै राजनीतिक तथा संगठनात्मक रूपमा कडा तयारी अघि बढाउने योजना सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ६ : ०९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने