२०८२, १ फाल्गुन शुक्रबार

विराटनगरमा महेश बस्नेत सवार गाडीमा मसी प्रहार, कांग्रेस–निकट विद्यार्थी पक्राउ

विराटनगरमा महेश बस्नेत सवार गाडीमा मसी प्रहार, कांग्रेस–निकट विद्यार्थी पक्राउ


विराटनग । मोरङको विराटनगरमा नेकपा एमाले सांसद महेश बस्नेत सवार गाडीमा आज बिहान रातो मसी प्रहार भएको छ। घटनामा संलग्न दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै थिए। एयरपोर्ट लाइनस्थित सडक खण्डमा सडक किनारबाट दगुर्दै आएका युवाहरूले बस्नेत सवार कारलाई लक्षित गरी मसी फ्याँकेका थिए। घटनापछि गाडी केही समयका लागि रोकिएको थियो।

कण्ट्रोलमा लिइएका युवाहरूमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम रहेका छन्। प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।

सन्जोग गौतम नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका जिल्ला सदस्य हुन्। उनी संस्थापनइतर समूहका हुन् र पूर्वमा डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाइ सभापति बनाएको थियो। अर्पित कुँवर पनि नेविसंघसँग आवद्ध रहेको प्रहरीले जनाएको छ।

नेता बस्नेतले घटनालाई ‘लोकतन्त्रमाथि उपहास’ भएको टिप्पणी गर्दै कार्यक्रम अवरुद्ध गर्ने प्रयास भएको बताएका छन्। घटनापछि बस्नेत सुनसरीको इटहरी पुगेका थिए, जहाँ जेनजीहरुले दुहबीमा पनि प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  १ : ५२ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको