२०८३, ८ भाद्र मंगलबार

रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमाले महाधिवेशन प्रतिनिधि बन्ने

रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमाले महाधिवेशन प्रतिनिधि बन्ने


काठमाडौँ । नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेताहरूलाई पुनः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले ‘घर फर्क अभियान’ अन्तर्गत विभिन्न वामपन्थी समूहबाट फर्केर एमालेमा आबद्ध नेताहरूलाई विशेष निर्णयमार्फत महाधिवेशन प्रतिनिधि बनाउने जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि दिएका छन्। ज्ञवालीका अनुसार, “विभिन्न समूहबाट आएका र अहिले कमिटीको केन्द्रीय समितिमा रहेका नेताहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ।” केही समयअघि मात्रै रामकुमारी झाँक्री र किसान श्रेष्ठ एकीकृत समाजवादी पार्टीबाट एमालेमा फर्किएका थिए।

एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ९ : ५१ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र