२०८२, २५ फाल्गुन मंगलबार

एनपिएल दोस्रो संस्करण आजदेखि सुरु

एनपिएल दोस्रो संस्करण आजदेखि सुरु


काठमाडौँ । बहुप्रतिक्षित नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुनेछ भने पहिलो खेल अपराह्न ४ बजे खेलाइनेछ। प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुने र लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल रहने जनाइएको छ।

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएको छ, जसले प्रतियोगितामा थप उत्साह थपेको छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। यस पटक रङ्गशालामा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकहरूले सिटमै बसेर खेल हेर्न सक्नेछन् भने फ्लड लाइटको कारण खेल राति पनि सञ्चालन हुनेछन्।

प्रतियोगिताको विजेताले रु एक करोड १० लाख पुरस्कार स्वरूप पाउनेछन्। साविक उपविजेता टोलीले रु ५१ लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले रु २५ लाख र चौथो हुने टोलीले रु १५ लाख प्राप्त गर्ने जनाइएको छ। एनपिएल दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। नेपाल क्रिकेट सङ्घले दैनिक ९,४५० टिकट बिक्री गर्ने जनाएको छ। उद्घाटन दिनका लागि साधारण टिकट पाँच सय र प्रिमियर टिकट रु १,५०० तोकिएको छ। लिग चरण र अन्य दिनको खेलको टिकट मूल्य क्रमशः पाँच सय र एक हजार छ भने प्लेअफका लागि जनरल टिकट रु एक हजार र प्रिमियर टिकट रु दुई हजार राखिएको छ। सिजनल टिकटको मूल्य १५ हजार तोकिएको छ।

नेपाल क्रिकेट सङ्घले यस पटक एनपिएलबाट रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ। दोस्रो संस्करणले मात्र क्रिकेटप्रेमीको उत्साह बढाउने नभई देशभर खेलकुदको विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  २ : १२ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल