२०८३, ३० भाद्र बुधबार

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

वैकल्पिक कम्युनिस्ट धार निर्माणको तयारी


काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषाल शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवास पुगेका छन्। तीनै नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको वर्तमान दिशा र आगामी सहकार्यका सम्भावनाबारे विस्तृत रूपमा छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, भेटलाई केवल औपचारिक सद्भाव आदान–प्रदानका रूपमा होइन, आगामी दिनमा वैकल्पिक कम्युनिस्ट धार निर्माणका सम्भावनासँग पनि जोडेर हेरिएको छ। कम्युनिस्ट शक्तिहरूबीच एकताको सम्भावना सुस्त हुँदै गएको समयमा भएको यो भेटलाई राजनीतिक वृत्तले अर्थपूर्ण संकेतका रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : २९ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको