२०८२, १४ पुस सोमबार

बिहारमा पहिलो चरणको मतदान सुरु

बिहारमा पहिलो चरणको मतदान सुरु


काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ।

कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको छ, जो साँझ ६ बजेसम्म चल्नेछ। यस चरणमा राजनेता, कलाकार र चर्चित व्यक्तित्वहरू प्रतिस्पर्धामा छन्। तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलजस्ता उम्मेदवार चर्चामा रहेका छन्।

करीब ३ करोड ७५ लाख मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, सारण, सिवान, मुजफ्फरपुरसहित १८ जिल्लामा भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

निर्वाचनका लागि ४५ हजार ३४१ मतदान केन्द्र स्थापना गरिएको छ भने करिब ४ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। मतगणना नोभेम्बर १४ मा हुने तय गरिएको छ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  ९ : ५३ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले