२०८३, १ जेष्ठ शनिबार

टर्कीको इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

टर्कीको इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा


अङ्कारा, टर्की, ३१ भदौ : इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयाँैलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यवद्धतापछि सरकार एक कदम पछि हटेको हो ।

सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।

विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका शिलशिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ ।

श्रमिक यूनियनका प्रमुख देभ यापी इजले बताउनुभयो, “श्रमिकहरूको यूनियनको पहलमा भएको आन्दोलनमा सरकार पछि हटेको छ । पक्राउ परेका ६०० मध्ये १६० जनालाई रिहा गरिएको छ । ”

“हामीलाई अरु साथिको बारेमा जानकारी आएको छैन । यसबारे नत हाम्रो वकीललाई थाहा छ न हाम्रो पक्षधर सांसदलाई नै ।” उहाँले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

यसैबीच विमानस्थल निर्माण कम्पनी आइजीएले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता शुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त बिषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पु¥याएर छोडिने प्रशासनले प्रतिवद्धता जाहेर गरिसकेको आइजीएले बताएको छ ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ९ : ४९ बजे

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको