२०८३, १४ आश्विन बिहीबार

आज विश्व खाद्य दिवस : ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’

आज विश्व खाद्य दिवस : ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’


काठमाडौं । विश्वभर आज (बिहीबार) ४५ औँ विश्व खाद्य दिवस मनाइँदैछ।
नेपालमा पनि सरकारले स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइरहेको छ।

कृषि विभागको आयोजना र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत विभिन्न सङ्घ–संस्थाको सहकार्यमा दिवस मनाइँदैछ। यसवर्षको नाराः ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ राखिएको छ। सरकारका अनुसार यो नारा नेपालको खाद्य सुरक्षासँग जोडिएको दीर्घकालीन उद्देश्यसँग मेल खानेछ। स्मरणीय छ, सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्रसंघको २०औँ साधारणसभाले एफएओको स्थापना दिवसको अवसरमा हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता, सन् १९८१ देखि विश्वभर यो दिवस मनाइँदै आएको हो।

नेपालमा यस अवसरमा विभिन्न विद्यालय, स्थानीय तह र कृषि व्यवसायमा संलग्न संस्थाहरूले स्वच्छ खानाको प्रवर्द्धन, फोहर व्यवस्थापन, र स्थानीय उत्पादन उपभोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ३४ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका