२०८३, ९ आश्विन शनिबार

समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य अध्यक्ष प्रचण्ड

समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य अध्यक्ष प्रचण्ड


रत्ननगर, चितवन र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पार्नुभएको छ ।

वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज यहाँ अयोजना गरेको कार्यकर्र्ता प्रशिक्षणमा उहाँले भन्नुभयो “नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य अरु केही छैन ।’’ अहिलेको अभियान भनेकै राष्ट्रिय एकता र मलुकलाई समृद्ध बनाउनु रहेकाले वस्तुस्थिति र राष्ट्रको आवश्यकताबमोजिम नै वाम एकता भएको औंल्याउँदै उहाँले अहिले देशमा उत्साह र उमंगको लहर छाएको दाबी गर्नुभयो ।

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका अध्यक्ष दाहालले देश र राष्ट्रको चिन्ता भएका, अरु पार्टी काँग्रेस, राप्रपालगायतका कार्यकर्ताले समेत यो गठबन्धनलाई सकारात्मकरूपमा हेरेको उल्लेख गर्नुभयो ।

नौलो क्रान्तिका लागि दुई पार्टी एक हुने प्रयास गरिएको भन्दै उहाँले दुई तिहाई बहुमत ल्याएर ८–१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने जिकिर गर्नुभयो । दुवै पार्टी कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले यो लक्ष्य पूरा गर्न गुठ र समूह नभनी लाग्न आग्रह गर्नुभयो । वस्तुस्थिति र राष्ट्रको आवश्यकताले वाम एकता सही समयमा भएको बताउँदै उहाँले चितवनका सबै सिटमा वाम गठबन्धनले जितेर नमूना जिल्ला बनाउन सबै कार्यकर्ताले अठोट गर्नुपर्नेमा जोड दिनुभयो ।

वाम गठबन्धन चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक समृद्धि र स्थायी शान्तिका लागि पनि वाम गठबन्धन भएको बताउनुभयो । वाम गठबन्धनको चितवन जिल्ला निर्वाचन परिचालक कमिटी संयोजक अमिक शेरचनको अध्यक्षतामा भएको थियो । रासस

प्रकाशित मिति : २०७४, २० कार्तिक सोमबार  ४ : ३३ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा