२०८२, १५ पुस मंगलबार

पार्टी एकजुट भएर राजनीतिक चुनौतीको सामना गर्नुपर्छ: शंकर पोखरेल

पार्टी एकजुट भएर राजनीतिक चुनौतीको सामना गर्नुपर्छ: शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्व औँल्याउँदै मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रको विरुद्धमा सिंगो पार्टीले एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै पोखरेलले भने, “राष्ट्रका सामु उत्पन्न चुनौतीहरूलाई पार्टीले कसरी सामना गर्ने भन्ने विषयमा, चुनौतीको समयमा एकताबद्ध भएर अगाडि बढ्न अत्यावश्यक छ। षड्यन्त्रलाई रोक्न एकताको ठूलो अर्थ हुन्छ।”

उनले मुलुकलाई प्रतिगमनतर्फ लैजान युवाहरूको दुरुपयोग गर्ने प्रयास भइरहेको आरोप पनि लगाउँदै भने, “एमालेले युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भन्ने स्पष्ट सन्देशसहितको काम गरिरहेको छ।”

पार्टी नेतृत्वले यस माध्यमबाट आन्तरिक एकता मजबुत गर्दै राष्ट्र र पार्टी सामु आएको चुनौतीलाई साझा प्रयासबाट पार लगाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १२ : ५० बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले