२०८२, ८ पुस मंगलबार

देउवा उपचारका लागि सिंगापुर जाने, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

देउवा उपचारका लागि सिंगापुर जाने, खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचारका लागि सिंगापुर जाने भएका छन्। उनले आफ्नो अनुपस्थितिमा पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेका छन्।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवाले खड्कालाई कार्यवाहक सभापति बनाउने प्रस्ताव राखेका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार कार्यवाहक नियुक्तिको मस्यौदा तयार भइसकेको छ र आजै देउवाले सम्बोधनमार्फत औपचारिक घोषणा गर्नेछन्।

देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्।
उनको अनुपस्थितिमा बाँकी बैठक र आगामी संगठनात्मक कार्यहरू खड्काले नै सञ्चालन गर्ने जनाइएको छ।
पार्टीका केही नेताहरूले खड्का कार्यवाहकको भूमिकामा रहेर नै कांग्रेस महाधिवेशनसम्म नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन्।

गत २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीले देउवा निवास बुढानीलकण्ठमा आक्रमण गर्दा उनी र उनकी पत्नी सांसद डा. आरजु राणा देउवा घाइते भएका थिए।
घटनापछि नेपाली सेनाले उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो।
टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिएका थिए।

स्रोतका अनुसार, देउवाको स्वास्थ्यमा सुधार भए पनि चिकित्सकको सिफारिसअनुसार थप उपचार र परीक्षणका लागि उनी सिंगापुर जान लागेका हुन्।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  २ : ३१ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ