२०८२, २३ चैत्र मंगलबार

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटेका युवक ब्राउन सुगरसहित पक्राउ

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटेका युवक ब्राउन सुगरसहित पक्राउ


झापा । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने व्यक्तिलाई खैरो हिरोइन (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–३ का १८ वर्षीय आदित्य लिम्बु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार, आदित्य लिम्बु सहित आठ जनाको गिरोहलाई झापाबाट नियन्त्रणमा लिइएको हो। उनीहरूलाई दमक नगरपालिका–३, भुटानी शरणार्थी शिविर सेक्टर ए ३ बाट लागुऔषध बिक्री वितरणको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको थियो। पक्राउको क्रममा घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइएको ७ ग्राम ८ सय मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने अन्य व्यक्ति हुन्: निश्चल पोर्तेल (मोरङ), साजन थापा, दिपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी। प्रहरीले बरामद लागुऔषध र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ११ : ५० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि