२०८३, ८ श्रावण शनिबार

टी-२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

टी-२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश


र–६ मा

काठमाडौं । नेपाल जापानलाई ५ विकेटले हराउँदै आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बनेको छ । शुक्रबार ओमनमा जारी खेलमा जापानमाथि जित हासिल गरी नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको हो ।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेलले २१ रन बनाए । यस्तै, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।

बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । टस हारेर पहिला ब्याटिङको गरेकोे जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।

उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रन बनाए ।बलिङमा नेपालका गुल्सन झाले २, सन्दीप लामिछानेले २,  सोमपाल कामीले १ गुल्सन झाले १ विकेट लिएका थिए।जापानमाथि जित हासिल गरी नेपालले २ अंक जोड्दै सुपर–६ मा गएको छ । नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ११ : ०७ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा