२०८३, ३० भाद्र बुधबार

सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति

सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति


काठमाडौं । अन्तरिम सरकारको क्रियाकलापप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘यो सरकारले जे क्रियाकलाप गर्दैछ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केही कुरामा हाम्रो आपत्ति छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो । त्यसका लागि सबै दलहरुलाई एकसाथ लिएर अगाडि बढ्नुपर्ने थियो,’उनले भने । उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक मूठभेडतिर लैजान उद्यत भएको बताए । ‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा । अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद रोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ,’उनले भने ।

उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए ।  भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १० : ४६ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको