२०८२, २२ पुस मंगलबार

करार शिक्षकको हकमा अनुत्पादक खर्च कटौती लागू नहुने

करार शिक्षकको हकमा अनुत्पादक खर्च कटौती लागू नहुने


काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेपनि करार शिक्षकको हकमा उक्त निर्णय लागू नहुने भएको छ।

अर्थ मन्त्रालयले असोज ७ मा जारी गरेको विज्ञप्ति अनुसार संगठन संरचना सुधार अन्तर्गत अस्थायी तथा करारमा कर्मचारी नराख्ने व्यवस्था गरिएको थियो। विशेष गरी बुँदा नम्बर ९५० अन्तर्गत नेपाल सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी नियुक्त गर्न नपाउने भनिएको थियो। तर, स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको हकमा के हुन्छ भन्ने प्रश्न उठाएपछि शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ कि करार शिक्षकको हकमा यो बुँदा लागू नहुनेछ।

यस सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी करार शिक्षकलाई यस निर्णयबाट अपवाद बनाएको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १ : ३८ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय