२०८३, २९ असार मंगलबार

रोशी खोलाको बाढीले बिपी राजमार्ग बगायो, आवागमन ठप्प

रोशी खोलाको बाढीले बिपी राजमार्ग बगायो, आवागमन ठप्प

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


रामेछाप । लगातारको वर्षाका कारण आएको बाढीले रोशी खोलाले बिपी राजमार्गको सडक संरचना बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ। वर्षाले उर्लिएको रोशी खोलाको भीषण बाढीले सडकका अस्थायी भागहरू बगाएपछि पूर्वी नेपालबाट काठमाडौं जोड्ने मुख्य मार्गमा सवारी आवागमन अवरुद्ध भएको हो।

स्थानीय पत्रकार राज मैनालीका अनुसार, नेपालथोक नजिकैको भागमा खोलाले ठुलो क्षति पुर्‍याएको छ। उक्त क्षेत्र गत वर्ष पनि बाढीले बगाएको थियो, जसपछि अस्थायी रूपमा सडक बनाइएको थियो। तर, यस वर्ष पुनः सोही भागमा बाढीले सडक बगाएको छ।

सडक क्षतिग्रस्त भएपछि पूर्वी नेपालबाट काठमाडौं आउने सवारी साधनहरूलाई अब दोलखाको चरिकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ। यो बाटो लामो तथा समय लाग्ने भएकाले यात्रुहरू र मालवाहक सवारीहरू प्रभावित भएका छन्।

सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार, “खोलामा पानीको बहाव कम भएपछि मात्र मर्मत कार्य सुरु गर्न सकिन्छ।” उनले क्षतिको मूल्यांकन भईसकेपछि मर्मत कार्य अगाडि बढाइने जानकारी दिए। “कम्तीमा एक हप्ता सडक खुल्न समय लाग्नेछ,” उनले स्पष्ट पारे।

गत वर्षको असोज महिनामा पनि रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले बिपी राजमार्गमा ठुलो क्षति पुर्‍याएको थियो। त्यसपछि अस्थायी सुधार गरिएको सडक यसपालि फेरि बाढीले बगाएको हो।

सडक विभागले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। भारी वर्षा अझै जारी रहेकाले थप क्षतिको जोखिमसमेत रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ८ : १५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित