२०८३, २९ असार मंगलबार

मुग्लिन-नारायणघाट सडकखण्डमा ठूलो पहिरोस् आवागमन पूर्णरूपमा ठप्प, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मुग्लिन-नारायणघाट सडकखण्डमा ठूलो पहिरोस् आवागमन पूर्णरूपमा ठप्प, वैकल्पिक सडक प्रयोग गर्न आग्रह


चितवन । मुग्लिन-नारायणघाट सडकखण्ड अन्तर्गत तुइन खोलाको पुल नजिक मंगलबार दिउँसो गएको ठुलो पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मंगलबार साँझ ४:५० बजेतिर पहिरो खस्दा सडकका दुवै लेन बन्द भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भए पनि काम सम्पन्न हुन दिनभर समय लाग्ने बताइएको छ।

“पहिरो ठूलो परिमाणमा खसेको हुँदा हटाउन समय लाग्नेछ,” प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ, “सडक खुल्न अझै केही समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दछौं।”

वैकल्पिक मार्गहरू:

सडक अवरुद्ध भएपछि यात्री तथा सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गहरूमध्ये मुख्य रूपमा प्रयोगमा आएका सडकहरू यस्ता छन्:

  • त्रिभुवन राजपथ: नौबिसे – हेटौंडा
  • कान्ति राजमार्ग: सातदोबाटो – भैरव मन्दिर – बगुवा – लेनडाडा – हेटौंडा
  • कालीगण्डकी कोरिडोर: गैडाकोट – पाल्पा रामपुर – भिमाद – तनहुँ
  • धादिङ – गोर्खा मार्ग: फिर्केखोला – धादिङबेँसी – सल्यानटार – आरुघाट – आबुखैरेनी
  • बुटवल – पोखरा मार्ग

हाल पहिरोको दुबै तर्फ सवारी साधनहरू चल्न नसकेकाले यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ गइरहेका छन्। प्रहरी प्रशासनले यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र हिड्न अनुरोध गरेको छ। पहिरोका कारण ठूलो सङ्ख्यामा सवारी साधन सडकमा रोकिएका छन् भने स्थानीयबासी तथा यात्रुहरूलाई कठिनाइ भएको बताइएको छ।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  ९ : ०० बजे

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका