२०८३, २९ भाद्र मंगलबार

सूर्यविनायक-धुलिखेल सडक विस्तारमा मन्त्री घिसिङको प्रतिवद्धता : बजेट अभाव हुन दिन्नँ

सूर्यविनायक-धुलिखेल सडक विस्तारमा मन्त्री घिसिङको प्रतिवद्धता : बजेट अभाव हुन दिन्नँ


भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तार परियोजनाको स्थलगत अनुगमन गर्दै आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अनुगमनका क्रममा उनले मन्त्रालयका अधिकारी, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गर्दै खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सहज बनाउन निर्देशन दिए । साथै, जनशक्ति र उपकरण थप गरी यसै आर्थिक वर्षभित्र सडक विस्तार सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

१५.८ किलोमिटर लामो सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अन्तर्गत सूर्यविनायक-साँगा खण्डमा ३९ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५१ प्रतिशत काम सकिएको छ । समग्रमा ४५ प्रतिशत प्रगति हुँदा ८० प्रतिशत टेवा पर्खाल र नाली निर्माण सम्पन्न भएको छ भने करिब १ किलोमिटरमा कालोपत्रे भएको छ ।

तर, सडक सीमा विवाद, घर-टहरा हटाउने समस्या र बजेटको कमीले काम प्रभावित भएको छ । विभागका महानिर्देशक विजय जैशीका अनुसार यस वर्ष करिब ३ अर्ब बजेट आवश्यक परे पनि हालसम्म ५० करोड मात्र विनियोजन भएको छ । मन्त्री घिसिङले भने, “बजेटको अभाव हुन दिन्नँ, परियोजना समयमा पूरा हुन्छ ।”

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ७ : ३६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक