२०८२, २४ चैत्र बुधबार

नख्खु कारागारबाट फरार काभ्रेका कैदीद्वारा श्रीमतीको हत्या

नख्खु कारागारबाट फरार काभ्रेका कैदीद्वारा श्रीमतीको हत्या


काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट फरार एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२, गागल निवासी सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

सन्तबहादुर तामाङ जबरजस्ती करणीको आरोपमा नख्खु कारागारमा थुनामा थिए। तर, जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट भाग्न सफल भएका थिए। फरार रहेका तामाङले घरमै श्रीमतीमाथि आक्रमण गरी हत्या गरेका हुन् ।

वडा अध्यक्ष जयराम केसीका अनुसार, आक्रमणपछि मनिषाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। हत्या गरेपछि सन्तबहादुर पुनः फरार भएका छन् । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार, घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

“घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ। हाल अनुसन्धान प्रारम्भिक चरणमा छ,” एसपी शाहले जानकारी दिए । सन्तबहादुरको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। यस घटनाले जेल व्यवस्थापन र सुरक्षाप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। फरार कैदीद्वारा पुनः जघन्य अपराध हुनु दुःखद र चिन्ताजनक विषय भएको अधिकारकर्मीहरू बताउँछन् ।

स्थानीय बासिन्दा तथा मानव अधिकारकर्मीहरूले दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कडाभन्दा कडा सजायको माग गरेका छन्। साथै, फरार कैदीहरूको निगरानी र खोजी कार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने माग समेत गरिएको छ ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ४ : ३३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि