२०८३, २९ भाद्र मंगलबार

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

“ तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरू बनाउने हो ”


काठमाडौं। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सार्वजनिक संरचनाहरूमा भएको क्षतिको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले उक्त कोषबारे मन्त्रिपरिषद्को औपचारिक निर्णयबाट अघि बढाइने जानकारी दिएका हुन्।“हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरू बनाउनुपर्नेछ,” मन्त्री घिसिङले भने, “आक्रोशको कारणले क्षति भयो, तर अब हामीले नै यो बनाउने हो।”

उनका अनुसार संरचनाको पुनर्निर्माणका लागि कोषमा आवश्यक रकम जम्मा गर्न नेपाल बाहिर रहेका नेपालीहरूलाई समेत योगदान गर्न आह्वान गरिनेछ। उनले प्रवासी नेपालीहरूको मनोबल, भावना र लगावलाई उपयोग गर्दै राष्ट्रिय पुनर्निर्माणमा संलग्न गराउने योजना रहेको बताए।

पछिल्ला केही घटनाक्रमका कारण देशभर विभिन्न सरकारी संरचनाहरूमा क्षति पुगेको छ। सार्वजनिक यातायात, पूर्वाधार र सेवा प्रवाहमा समेत अवरोध भएको भन्दै मन्त्री घिसिङले यस्तो अवस्थालाई शीघ्र सुधार गर्ने प्रतिबद्धता जनाए।उनले मन्त्रालयको काममा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलता सुनिश्चित गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने बताएका छन्।

मन्त्री घिसिङ ऊर्जा क्षेत्रको सफल नेतृत्वपश्चात् भौतिक पूर्वाधार मन्त्रालयमा पुगेका हुन्। आम नागरिकमा अपेक्षा उच्च रहेकाले उनको यो पहललाई सकारात्मक संकेतका रूपमा लिइएको छ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार  ५ : ४९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक