२०८३, १० श्रावण सोमबार

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै


काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा आगजनी गरिएको छ । प्रदर्शनकारीले अदालतका आधिकारिक कागजातहरू सडकमा फालेर जलाएका छन् भने अदालत परिसरमा रहेका सवारी साधनमा समेत आगो लगाएका छन् ।

सुरक्षा निकायका अनुसार अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सामान्य बल प्रयोग गरेर पछि धकेलिएको र त्यसपछि आगजनी गरिएको हो । क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि प्रारम्भिक रिपोर्ट अनुसार महत्वपूर्ण कागजातहरू जलेका छन् । यसअघि सिंहदरबार परिसरमा भएको आगजनीपछि सर्वोच्च अदालतमा पनि तोडफोड र आगजनी भएको थियो । राजधानीको मुख्य प्रशासनिक केन्द्रहरू एकपछि अर्को गर्दै आन्दोलनकारीको निशानामा परिरहेका छन् ।

प्रदर्शनमा सहभागीहरू अधिकांश जेनजी पुस्ताका युवाहरू रहेको बताइएको छ, जसले विगत केही हप्तादेखि राजनीतिक नेतृत्वको भ्रष्टाचार, न्यायमा ढिलाइ, बेरोजगारी र महँगी विरुद्ध सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।

आज बिहानैदेखि प्रदर्शनकारीहरू विभिन्न राजनीतिक नेताका निवास, प्रहरी कार्यालय, संसद् भवन लगायतका स्थानमा आक्रमक ढंगले प्रस्तुत भएका थिए। केही स्थानमा झडप, अश्रुग्यास र रबरको गोलीसमेत प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ३ : ४३ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक