२०८२, १५ पुस मंगलबार

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी


रुपन्देही । जेनजी पुस्ताका युवाहरूले सोमबार प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको घरमा तोडफोड गरेका छन् भने कांग्रेस र एमाले पार्टी कार्यालयमा समेत व्यापक क्षति पुर्‍याएका छन् ।

प्रदर्शनकारीहरूले बिहानैदेखि खाँणको घरमा ढुंगामुढा गरेर मुख्य गेट र केही सिसामा क्षति पुर्‍याएको प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बालकृष्णका भाइ तथा कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणका अनुसार घरमा आमा र श्रीमती मात्र रहेका थिए । उनले भने, “घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, प्रदर्शनकारीहरू भैरहवाबाट फर्किदै घर पुगेर तोडफोड गरेका हुन् ।” प्रदर्शनकारीहरूले कांग्रेस रुपन्देही र एमाले रुपन्देही कार्यालयमा समेत तोडफोड गरेका छन् । बुटवलस्थित एमाले प्रदेश कार्यालयमा दुई घन्टा घेराउ गरी ढुंगा प्रहार गरिएको छ ।

एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेलका अनुसार कार्यालयको सिसा फुटेको र सुरक्षाकर्मीको उपस्थितिमा प्रदर्शनकारीहरू भागेको बताएका छन्। कांग्रेस सभापति रामकृष्ण खाँणले कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा समेत तोडफोड भएको र चार वटा मोटरसाइकलका हेलमेट लुटिएको बताएका छन् । सोमबारदेखि शुरु भएको आन्दोलन अराजक बन्दै गएपछि रुपन्देहीमा कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार, आन्दोलनकारीहरूले राजनीतिक दलका नेताहरूका घर जलाउने धम्की दिएका कारण सुरक्षा सुनिश्चित गर्न कर्फ्यु आदेश जारी गरिएको हो। कर्फ्यु आदेश अनुसार बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा सोमबार दिउँसो ४ बजेदेखि राती १० बजेसम्म कुनै पनि भेला, जुलुस, प्रदर्शन वा सार्वजनिक कार्यक्रम नगर्न स्थानीयहरूलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ८ : ०७ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा