२०८३, २१ आश्विन बिहीबार

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी


रुपन्देही । जेनजी पुस्ताका युवाहरूले सोमबार प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको घरमा तोडफोड गरेका छन् भने कांग्रेस र एमाले पार्टी कार्यालयमा समेत व्यापक क्षति पुर्‍याएका छन् ।

प्रदर्शनकारीहरूले बिहानैदेखि खाँणको घरमा ढुंगामुढा गरेर मुख्य गेट र केही सिसामा क्षति पुर्‍याएको प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बालकृष्णका भाइ तथा कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणका अनुसार घरमा आमा र श्रीमती मात्र रहेका थिए । उनले भने, “घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, प्रदर्शनकारीहरू भैरहवाबाट फर्किदै घर पुगेर तोडफोड गरेका हुन् ।” प्रदर्शनकारीहरूले कांग्रेस रुपन्देही र एमाले रुपन्देही कार्यालयमा समेत तोडफोड गरेका छन् । बुटवलस्थित एमाले प्रदेश कार्यालयमा दुई घन्टा घेराउ गरी ढुंगा प्रहार गरिएको छ ।

एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेलका अनुसार कार्यालयको सिसा फुटेको र सुरक्षाकर्मीको उपस्थितिमा प्रदर्शनकारीहरू भागेको बताएका छन्। कांग्रेस सभापति रामकृष्ण खाँणले कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा समेत तोडफोड भएको र चार वटा मोटरसाइकलका हेलमेट लुटिएको बताएका छन् । सोमबारदेखि शुरु भएको आन्दोलन अराजक बन्दै गएपछि रुपन्देहीमा कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेका अनुसार, आन्दोलनकारीहरूले राजनीतिक दलका नेताहरूका घर जलाउने धम्की दिएका कारण सुरक्षा सुनिश्चित गर्न कर्फ्यु आदेश जारी गरिएको हो। कर्फ्यु आदेश अनुसार बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा सोमबार दिउँसो ४ बजेदेखि राती १० बजेसम्म कुनै पनि भेला, जुलुस, प्रदर्शन वा सार्वजनिक कार्यक्रम नगर्न स्थानीयहरूलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ८ : ०७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी