२०८२, १६ पुस बुधबार

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसदलाई जानकारी गराउने तयारी गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका हुन् । बैठकमा संसदको आगामी १५ दिनको कार्यतालिका पनि तय गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

कार्यतालिका अनुसार, भदौ १३ गतेको बैठकमा भूमिसम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ। भदौ १८ गते नागरिकता र संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल हुनेछ । त्यस्तै, भदौ १९ गते निजामति सेवा विधेयक पारित गर्ने र भदौ २६ गते विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरिएको छ ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संसदको आगामी बैठक मितिहरू भदौ १८, १९, २५, ২৬ र २७ गते निर्धारण भएको जानकारी दिए । प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर संसदमा चासो रहेको बेला उनको सम्बोधनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ७ : ३५ बजे

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन

एमाले उपाध्यक्ष पौडेलको आरोप : सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनका लागि

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको