२०८२, ४ पुस शुक्रबार

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटघाट


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक आरि बासबीच आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

भेटका क्रममा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोगका सम्भावना, तथा कोशी प्रदेशमा कृषि, शिक्षा, स्वास्थ्य र प्रविधि लगायतका क्षेत्रहरूमा इजरायली सहकार्य विस्तार गर्ने विषयमा गम्भीर छलफल भएको प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले इजरायलले विशेषगरी कृषि र अत्याधुनिक प्रविधिमा प्राप्त गरेको अनुभव कोशी प्रदेशको समानुपातिक विकास र समृद्धिमा उपयोगी हुन सक्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकार प्राविधिक सहयोग, तालिम र जनशक्ति विकास लगायतका विषयमा इजरायलसँग साझेदारी गर्न इच्छुक रहेको उल्लेख गरे।

राजदूत बासले नेपाल र इजरायलबीचको मित्रवत सम्बन्धलाई थप बलियो बनाउन आफू प्रदेशस्तरीय भ्रमणमा आएको जनाउँदै, कोशी प्रदेशसँग विभिन्न संभावित सहकार्यका क्षेत्रहरूमा चासो व्यक्त गरे। उनले नेपाली युवाहरूका लागि इजरायली कृषि तालिम कार्यक्रम, स्वास्थ्य प्रविधि सहयोग, र सांस्कृतिक आदानप्रदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  १ : ५१ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा