२०८३, ३१ भाद्र बिहीबार

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना

राष्ट्रियताको मुद्दा उठाएकै कारण चुनावमा पराजित भएँ : पूर्वमन्त्री ठगुन्ना


दार्चुला । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले आफु राष्ट्रियताको सवाल उठाएकै कारण चुनावमा पराजित भएको दाबी गरेका छन्। भारतले अतिक्रमण गरेका नेपाली भूभागहरूबारे आवाज उठाएपछि ठूलो षड्यन्त्र र आर्थिक चलखेलका कारण आफु चुनावमा हराउनु परेको उनको भनाइ छ।

एक पत्रकार सम्मेलनमा बोल्दै ठगुन्नाले भने, “राष्ट्रियता बोलेको कारण म हार्नुपर्‍यो, भारतले ठूलो खर्च गर्‍यो। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा संसदभित्र र बाहिर उठाएपछि मलाई हराउन भारतले १५–२० करोड रुपैयाँ खर्च गर्‍यो।”

उनले राष्ट्रियताको मुद्दा कुनै दल विशेषको नभइ सबै नेपालीको साझा विषय भएको उल्लेख गर्दै, “म जनप्रतिनिधि भए पनि नभए पनि राष्ट्रियताको सवाल जहिल्यै उठाइरहन्छु,” भन्दै आफ्नो अडान दोहोर्‍याए ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार  १२ : ०२ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक