२०८२, २४ चैत्र बुधबार

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच पेसाकर्मी सेवासम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच पेसाकर्मी सेवासम्बन्धी सम्झौता


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता, र पेसाकर्मी सरल कर्जा सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल टेलिकमको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सो सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीहरूका लागि पेन्सन खाता सञ्चालन गर्नेछ, भने कार्यरत कर्मचारीहरूका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा, र अन्य बैंकिङ सेवाहरू उपलब्ध गराउनेछ ।

सेवा विस्तार र प्रविधिमैत्री बैंकिङमा जोड

राष्ट्रिय वाणिज्य बैंकका अनुसार, बैंकले देशभरका ७७ वटै जिल्लामा फैलिएका ३१० शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ। सन् १९६६ वि.सं. २०२२ माघ १० मा स्थापना भएको यो बैंकले वित्तीय समावेशीकरण, दिगो बैंकिङ सेवा, र प्रविधिमा आधारित सेवा विस्तारलाई आफ्नो प्राथमिकता बनाएको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए । यो सम्झौतासँगै नेपाल टेलिकमका कर्मचारी र पेन्सनभोगीहरूलाई थप सहज, दिगो र विश्वासिला बैंकिङ सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ४ : ३४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि