२०८२, २८ चैत्र आईतबार

भूमि विधेयकको प्रतिवेदन लेखनमा मन्त्रालयको हस्तक्षेप, समितिबाट पारित हुन सकेन

भूमि विधेयकको प्रतिवेदन लेखनमा मन्त्रालयको हस्तक्षेप, समितिबाट पारित हुन सकेन


काठमाडौं । भूमि सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमा मन्त्रालयले असहमति जनाइ पुनः संशोधन गरेपछि आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकबाट विधेयक पारित हुन सकेन ।

भूमि ऐन २०२१ को दफा १२ छ हटाउने सरकारको प्रस्तावविरुद्ध सांसदहरूले पूर्ववर्ती व्यवस्था यथावत राख्न माग गरेका थिए । बिहीबार सहमति भइसकेको भए पनि आइतबारको बैठकमा मन्त्रालयले फरक शब्दावलीसहित प्रतिवेदनको मस्यौदा पेस गरेपछि सांसदहरूले आपत्ति जनाए ।

सांसद भानुभक्त जोशीले मन्त्रालयको हस्तक्षेपप्रति आपत्ति जनाउँदै, “हामीले सहमति अनुसार ‘प्रचलित कानुन बमोजिम’ थप्न मात्र भनेका थियौं, तर मन्त्रालयले मस्यौदामा अनावश्यक रूपमा शब्द घुसाएर भ्रम सिर्जना गरेको छ,” भने । सरकारले भने मस्यौदा कानुनी मानक अनुसार तयार पारिएको दाबी गरे पनि समितिको बैठक सहमति नजुटेपछि अनिर्णित हुँदै स्थगित गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ९ : ०१ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४