२०८३, ४ आश्विन सोमबार

पार्टी निर्णय सबैले मान्नैपर्छ : अध्यक्ष जैशी

पार्टी निर्णय सबैले मान्नैपर्छ : अध्यक्ष जैशी


धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले पार्टीभित्र अनुशासन, निष्ठा र सामूहिक निर्णयको सम्मान अनिवार्य रहेको बताएका छन्। शुक्रबार सुदुरपश्चिम प्रदेश समितिको प्रशिक्षण तथा बैठक लाइ सम्बोधन गर्दै अध्यक्ष जैशीले पार्टीको निर्णय प्रत्येक नेता र कार्यकर्ताले निर्विकल्प रूपमा मान्नैपर्ने बताए।

उनले यसलाई लेनिनवादी सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्म भएको उल्लेख गरेका छन्। “प्रत्येक नेता कार्यकर्ताले पार्टीको निर्णय कार्यान्वयन गर्न, मूल्य मान्यता बोक्न र स्थापित गर्न तयार हुनु पर्छ,” उनले भने। अध्यक्ष जैशीले पछिल्लो समय केही नेताहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै हल्ला र प्रचारबाजीको पछि लाग्ने प्रवृत्तिलाई आलोचना गरे। यस्तो प्रवृत्तिलाई उनले नैतिक र सिद्धान्तविहीन चरित्रको रूपमा व्याख्या गरेका छन्।

उनले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति पनि कटाक्ष गरे। रास्वपाले हस्ताक्षरका नाममा कमाइ धन्दा चलाएको आरोप लगाउँदै यस्तो लुट नीति, विचारविपरीत कार्यशैली र मनोमानी संस्कार नेकपा एमालेमा नभएको र हुन नहुने** बताए। “रास्वपा जस्तो हस्ताक्षरका नाममा कमाउ धन्दा चलाउने लुट नीति र सिद्वान्त, विचार र निर्णय विपरित मनोमानीको छुट नीति नेकपा एमालेमा छैन्, हुनु हुदैन्,” उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  १ : ३३ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर