२०८३, १४ आश्विन बिहीबार

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित


काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र रुपमा फैलिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म करिब २७ हजार ४३२ गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ। गत असार ६ देखि साउन २० गतेसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम बाहेक सबै प्रदेशका गाईभैंसीमा यो भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ। कोशीका ११ जिल्लामा मात्र २२ हजार १२२ पशुमा संक्रमण देखिएको छ भने ६३७ गाईभैंसीको मृत्यु भएको छ। त्यसैगरी मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ गाईभैंसीमा संक्रमण देखिएको छ भने १७९ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशका ५ जिल्लामा ७९३ गाईभैंसीमा संक्रमण पुष्टि भएको छ भने ३० वटा पशु मरेका छन्। अन्य प्रदेशहरूमा भने संक्रमित पशुको संख्या निकै कम देखिएको छ।

  • गण्डकी प्रदेशको १ जिल्लामा ७ वटा पशुमा मात्रै संक्रमण
  • लुम्बिनी प्रदेशका ३ जिल्लामा १६ वटा पशुमा संक्रमण
  • कर्णाली प्रदेशको १ जिल्ला मात्रै प्रभावित

यी तीन प्रदेशमा अहिलेसम्म पशु मृत्युदर्ता भने भएको छैन । लम्पी स्किन भाइरसको रोकथामका लागि हालसम्म ५ लाख ६१ हजार ७५१ गाईभैंसीलाई खोप दिइएको मन्त्रालयको भनाइ छ।

लम्पी स्किन रोग के हो ?
गाईभैंसीमा देखिने यो संक्रामक भाइरल रोग हो। यसले पशुको छालामा गाँठाहरू देखापर्नु, ज्वरो आउनु, दूध उत्पादनमा गिरावट आउनु, र गम्भीर अवस्थामा मृत्युसम्म गराउन सक्छ।

मन्त्रालयले पशुपालक किसानलाई सतर्क रहन, संक्रमित पशुलाई अलग राख्न, पशुचिकित्सकको परामर्श लिन र नियमित खोप लगाउन आग्रह गरेको छ। साथै रोग फैलन नदिन स्थानीय तहहरूलाई सचेत गराइएको जनाइएको छ।

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ९ : ४० बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका