२०८३, १४ श्रावण शुक्रबार

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो


हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएको गम्भीर अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष काजीमान तितुङको नेतृत्वमा बुझाइएको सो ज्ञापनपत्रमा स्वास्थ्य बीमा सेवामा व्याप्त समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्न माग गरिएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९(६) र नियमावली, २०७५ अनुसार बीमित सेवाग्राहीले पाउने सेवा हाल अव्यवस्थित भएकाले विशेषगरी मकवानपुर जिल्लाका नागरिकहरू समस्यामा परेको संघको आरोप छ ।

अध्यक्ष तितुङले स्वयं हेटौंडा अस्पतालमा उपचारको क्रममा लापरवाही, रिफर प्रक्रियाको जटिलता र समय व्यवस्थापनको अभावले आफैं पीडित बन्नुपरेको अनुभव सुनाएका छन् । संघले हेटौंडा अस्पताल र सामुदायिक हेटौंडा आँखा अस्पतालबीच समन्वयको अभावले आँखाजस्तो संवेदनशील उपचारमा समेत आम नागरिकलाई सास्ती भइरहेको भन्दै तत्काल समस्या समाधान गर्न चेतावनी दिएको छ । संघले समस्या समाधान नभए चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने र पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएका सात प्रमुख मागहरू यसप्रकार छन् :

१ .हेटौंडा अस्पतालमा आँखाको सेवा विस्तार गरी नियमित सञ्चालन गर्नुपर्ने ।

२. सामुदायिक हेटौंडा आँखा अस्पताललाई स्वास्थ्य बीमाको पहिलो सेवाविन्दुका रूपमा कायम गर्नुपर्ने ।

३.हेटौंडा अस्पताल र सामुदायिक आँखा अस्पतालबीचको विवाद तत्काल अन्त्य गर्नुपर्ने ।

४.सामुदायिक आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा लागू गर्नुपर्ने ।

५.निजी अस्पतालहरूमा समेत रिफर खारेजको व्यवस्था लागू गर्नुपर्ने ।

६. रिफरको समय र टोकन वितरण प्रक्रिया व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने ।

७. हालको तीन महिनाको सेवा अवधि परिमार्जन गर्नुपर्ने ।

संघले नागरिकको मौलिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी र सेवा–केन्द्रित बनाउन जोड दिएको छ ।

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ९ : १७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा