२०८३, १६ आश्विन शनिबार

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी


कञ्चनपुर, ३० भदौ : बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी परेको प्रहरी तथ्यांक छ । घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । एक महिनापछि बलात्कारविरुद्ध सचेतना तथा तालिम सुरु हुने थापाको भनाइ छ ।

यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार गर्ने भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : ५७ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र