२०८३, १४ श्रावण शुक्रबार

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड


काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ । बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा राखिसकेको बताउँदै व्यवहारमा पनि त्यहीअनुसारको अभ्यास हुनुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘हामीले संस्थाहरु बनाउँछौं, दस्तावेजमा राम्रो लेख्छौं तर व्यवहारमा त्यही अनुसार अभ्यास हुँदैन । कानुन बनाउँदाखेरि जति संवेदनशील भएर बनाइन्छ, त्यसलाई व्यवहारमा पनि त्यत्तिकै संवेदनशील भएर लागू गर्न आवश्यक छ ।’

सांसद भट्टराईले प्रेस स्वतन्त्रता र मिडियाको उत्तरदायित्व दुवै सुनिश्चित गर्ने गरी विधेयक निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘यदि मिडियाको हक र नागरिकको हकलाई प्रत्याभूत गर्ने अधिकारलाई आधार बनाएर कानुन बनायौं भने मिडिया स्वतन्त्र पनि हुन्छ, उत्तरदायी पनि,’उनले भनिन् ।

समितिको बैठकमा अन्य सांसदहरूले पनि मिडिया काउन्सिलको संरचना, अधिकार, जिम्मेवारी तथा पारदर्शिता लगायतका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ११ : २९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा