२०८३, १४ श्रावण शुक्रबार

डब्ल्यूएचओ क्षेत्रीय प्रमुख साइम वाजेद बिदामा, ठगी आरोपपछि बोहमे कार्यवाहक

डब्ल्यूएचओ क्षेत्रीय प्रमुख साइम वाजेद बिदामा, ठगी आरोपपछि बोहमे कार्यवाहक


काठमाडौं । ठगी, जालसाजी र शक्तिको दुरुपयोगको आरोपमा परेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमुख साइम वाजेद बिदामा बसेकी छन्। डब्ल्यूएचओले वाजेदको स्थानमा जेनेभास्थित सहायक महानिर्देशक क्याथरिना बोहमेलाई कार्यवाहक प्रमुखको रूपमा नियुक्त गरेको छ।

वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। उनी सन् २०२३ मा भएको प्रतिस्पर्धामा नेपालका डा. शम्भु प्रसाद आचार्यलाई पराजित गर्दै डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाली क्षेत्रीय प्रमुख बनेकी थिइन्। डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले गत हप्ता कर्मचारीहरूलाई पठाएको इमेलमार्फत वाजेद बिदामा रहेको जानकारी गराएका थिए। फाइनान्सियल टाइम्सका अनुसार, संगठनले सदस्य राष्ट्रहरूलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ।

वाजेदले नयाँ दिल्लीस्थित डब्ल्यूएचओको क्षेत्रीय कार्यालयको नेतृत्व गर्दै आएकी थिइन्। तर बंगलादेशमा उनकी आमाको सत्ता पतनपछि उनी विवादमा परेकी हुन्। सन् २०२४ को मार्चमा बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले वाजेदमाथि ठगी, जालसाजी र पदको दुरुपयोग गरेको आरोप लगाउँदै अनुसन्धान अघि बढाएको थियो।

बंगलादेशी आयोगले हालै डब्ल्यूएचओलाई पत्र लेख्दै वाजेदलाई अदालतमा उपस्थित गराउन र अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्न आग्रह गरेको थियो। त्यसपछिको दबाबमा डब्ल्यूएचओले उनलाई बिदामा राखी बोहमेको अस्थायी नियुक्ति गरेको बताइएको छ।

वाजेद भारतमा रहेका कारण उनी फर्किएपछि गिरफ्तारीको सम्भावना रहेको बंगलादेशी अधिकारीहरूले बताएका छन्।

यो घटनाले डब्ल्यूएचओजस्तो विश्वस्त स्वास्थ्य संस्था भित्रको नेतृत्व चयन, पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  २ : २२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा