२०८३, २६ आश्विन मंगलबार

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनलाई ‘सेवा दिवस’को रुपमा मनाउने तयारी

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनलाई ‘सेवा दिवस’को रुपमा मनाउने तयारी


नयाँ दिल्ली, २९ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ ।

उहाँको पार्टी भारतीय जनता पार्टी ९भाजपा०ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ ।

उहाँको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् ।

प्रधानमन्त्री मोदीले भने आफ्नो ६८औँ जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा आफ्ना मतदाता र सुभेच्छुक तथा इष्टमित्रहरूसँग मनाउने योजना बनाउनु भएको छ ।

श्रोतका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका वेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नुहुनेछ । त्यसपछि उहाँले करोडौँ रुपैयाँका विकास आयोजनाहरू पनि घोषणा गर्नुहुनेछ ।

प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने दुई अस्पतालको शिलान्यास गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् । ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छट्याइँने भएको छ ।

श्रोतले जनाएअनुसार उहाँले झण्डै ६०० करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

वारणासी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले काशी विश्वनाथ मन्दिरको भ्रमण गर्नुहुनेछ भने बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ७ : १४ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल