२०८३, २९ भाद्र मंगलबार

प्रधानमन्त्री ओलीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन


झापा, बुधबारे । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–३, बुधबारेमा निर्माण सम्पन्न भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको छ। नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापित यो आधारभूत अस्पताल १० शैय्याको छ, जसले दैनिक करिब ४ सय बिरामीलाई सेवा दिन सक्ने क्षमता राखेको जनाइएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुरानो पुस्ताका आदर्श पात्र भागीरथा न्यौपानेको स्मरण गर्दै समाजसेवाको भावना झल्किने उल्लेख गर्नुभयो । “भागीरथाजस्ता महान् आत्माले दान र त्यागको माध्यमबाट समाजलाई समर्पण गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मर्दा कोही केही लिएर जान सक्दैन, त्यसैले जिउँदो छँदा समाजको लागि योगदान दिनु नै साँचो जीवन हो ।” प्रधानमन्त्री ओलीले अस्पताल स्थापनाका लागि जग्गा दान गर्ने न्यौपाने परिवारप्रति आभार व्यक्त गर्दै सो अस्पतालको स्तरोन्नति तथा सेवा विस्तारका लागि संघीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बुद्धशान्तिका बासिन्दा तथा न्यौपाने परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओली आज झापामा रहेका विभिन्न कार्यक्रमहरूमा सहभागी भई भोलि इलामतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ३ : ४० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक