२०८२, ५ पुस शनिबार

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित


काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित बन्न पुगेको छ । यस सडक खण्डमा आवातजावत गर्ने करिब १५ हजारभन्दा बढि सवारी साधनहरुलाई व्यवस्थापन गरेर निर्माण गर्न समस्या भईरहेको नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले जानकारी दिएका छन् । यो सडक खण्डमा डाइभर्सन पनि नभएको र काठमाडौं जोड्ने सडक वीपि र कान्ति राजमार्गहरुले पनि सोचेको जस्तो सहयोग नगरेको हुदाँ सवारी चापका कारण सडक निर्माणको कामले तिव्रता लिन नसकेको उनको भनाई छ ।

‘हालको अवस्थामा निर्माण सामग्रीको समस्या प्रमुख छ भने दोस्रोमा करिब १५ हजारभन्दा बढि सवारी साधनहरुलाई व्यवस्थापन गरेर निर्माण गर्न पनि समस्या भईरहेको छ । यसको डाइभर्सन पनि नरहेको र काठमाडौं जोड्ने सडक वीपि राजमार्ग, कान्ति राजमार्गहरुले पनि हामीले सोचेको जस्तो सहयोग नगरेको हुदाँ सबै सवारी चाप यही सडकमा परेको छ,’ उनले भने ।

यस्तै, उनले दिनमा ८ घण्टा काम गर्ने समय पनि नपाएको भन्दै यसलाई समाधान गर्ने हो भने काम तिव्र रुपमा अगाडि बढ्ने बताए । उनले भने, ‘यसले गर्दा हामीले दैनिक ८ घण्टा काम गर्ने समय पनि पाइरहेका छैनौ । यसले गर्दा पनि सोचे अनुसार प्रगती गर्न सकेका छैनौ । काम गर्न पनि चुनौती भएको छ । यसको लागि हामीले सवारी धनी, जिल्ला प्रशासन र ट्राफिकहरुसँग समन्वय गरेर गाडीको चाप कम हुने समयमा निर्माण कार्यलाई तिव्रता दिने काममा लागेका छौ ।’ उनले अबको एक वर्षभित्र बाँकी २७ किलोमिटर पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेका पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  १२ : २० बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा