२०८३, २० जेष्ठ बिहीबार

आधुनिक र प्रविधिको प्रयोगबाट कृषिमा उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

आधुनिक र प्रविधिको प्रयोगबाट कृषिमा उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

धान दिवसको अवसरमा शुभकामना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले अब रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु आवश्यक रहेको बताए ।

उनले भने,‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ।’

उनले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनु पर्ने धारणा राख्दै दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना दिए ।

प्रकाशित मिति : २०८२, १५ असार आईतबार  ८ : ३८ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल