२०८३, १ बैशाख बुधबार

आज क्यानडामा “रामकृष्ण ढकाल साँझ”

आज क्यानडामा “रामकृष्ण ढकाल साँझ”


टोरण्टो । ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा २१ जुन अर्थात आज शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ जुन २१ तारेख, आज शनिबार (असार ७ गते) हुन लागेको हो। बेलुकी ७ बजे देखि १० बजे सम्म हुने “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो ।
भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएको छ । पारिवारिक समूह “प्रगतिशील समुह” को आयोजनामा हुने कार्यक्रममा करिब १ सय जनाको सहभागी रहने र कार्यक्रमको टिकट पनि बिक्री भैसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिनुभयो ।
गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् । सो कार्यक्रमको मुख्य प्रायोजक पोख्रेल ल फर्म (अधिवक्ता राजेन्द्र पोख्रेल) रहेका छन भने प्रायोजकमा एक्सपेरियर फाईनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्ट कि संचालक सीता राना रहेका छन ।

मिडिया पार्टनरमा क्यानडा नेपाल न्युज डट्कम रहेको छ । कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटीन्छ्न…, माया गर्नेको…, ओराली लागेको…, बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस…, लगायतका तथा नारायण गोपालका केहि गीत पनि सुनेर दर्शकहरुले भरपुर मनोरञ्जन लिनेछन । २०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन । उनले ५ हजार भन्दा बढी गीत गाएका छन ।
प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहने भन्दै आयोजकले कार्यक्रममा सहभागी हुनका लागी आग्रह समेत गरेका छन् । टोरण्टो -शिशिर सिंखडा

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  १२ : १८ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको