२०८३, १५ जेष्ठ शनिबार

अब गोर्खा सैनिकका माग सम्बोधनको पहल हुन्छ : अध्यक्ष प्रचण्ड

अब गोर्खा सैनिकका माग सम्बोधनको पहल हुन्छ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, २८ भदौ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ब्रिटिश गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाउनुभएको छ ।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई ‘वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन’ विषयक कार्यशालालाई बिहिबार यहाँ सम्बोधन गर्दै उहाँले बेलायतमा रहेका गोर्खा सैनिकलाई दिइने सुविधा तथा नागरिकताको निरन्तरताको मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताउनुभयो ।

“वंशजका आधारमा प्राप्त गरेको नागरिकतालाई खोस्ने भन्ने विषय नेपालको संविधानमा व्यवस्था छैन, तपाईहरु नेपाली नागरिक नै हो । तपाईहरुको मागका विषयमा सरकारले सम्बोधन गर्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

राष्ट्रियताका आधारमा ब्रिटिस सैनिक नेपाली भएको र नागरिकतासमेत वंशजका आधारमा नेपाली नागरिक नै भएकाले कानूनी तथा संवैधानिक विषयमा धेरै समस्या नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “यो पूर्व सैनिकको मात्रै नभई नेपालको चासो हो । सन् १९४७ को नेपाल, भारत र बेलायतको सहमतिअनुसार पनि बेलायती सैनिक र नेपाली सैनिकका बीचमा समानताको अधिकार स्थापित गरेको भए पनि केही अधिकारमा कमी भएको भन्ने गुनासो क्रमशः सम्बोधन भएको तथा केही अझै पनि प्राप्त गर्न बाँकी रहेको देखिएको छ ।”

उहाँले बेलायती सेनामा कार्यरत ब्रिटिश गौर्खा सैनिकको अलगअलग परिभाषा नगरिँदासमेत समस्या देखिएको भन्दै उहाँले त्यसलाई थप स्पष्ट पारिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो विषय पूर्वसैनिकको पहिचान र अधिकार मात्रै नभएर नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको विषय हो । मैले पनि बेलायत सरकारका उच्च अधिकारीसँग यस विषयमा छलफल गरेको थिए । त्यसलाई थप स्पष्ट पार्नु जरुरी छ ।”

उहाँले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै हकअधिकार दिने व्यवस्था गरिएको भन्दै उहाँले ब्रिटिश गोर्खा सैनिकलाई पनि अधिकार सम्पन्न बनाउन प्रयन्तशील रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ८ : २२ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण