२०८३, १५ श्रावण शनिबार

उदयपुरको कटारी अस्पतालमा चिकित्सकको अभाव, बिरामीको उपचारमा समस्या

उदयपुरको कटारी अस्पतालमा चिकित्सकको अभाव, बिरामीको उपचारमा समस्या


गाईघाट, उदयपुर, २८ भदौ जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ ।

दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।

कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्नुहुन्छ, “एक महिना अगाडिसम्म अस्पतालमा आउने बित्तिकै केही समयमै डाक्टरले उपचार सेवा दिने गर्दथे, अहिले बिरामी लिएर आयो डाक्टर छैनन्, पर्खनुस् भनेर अस्पतालले भन्छ, दिनभरि बस्दा पनि पालो नआएपछि हैरानी खेप्नुपरेको छ ।”

अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य हुनुपरेको कटारी रिस्कु–३ की कुमारी दनुवार बताउनुहुन्छ ।
यस विषयमा कटारी अस्पतालका प्रमुख डा गौरव साहले भन्नुभयो, “तीन जना अस्पतालका डाक्टर अन्यत्र गए, दुईजना यसअघिनै सरुवा लिएर अन्यत्र गए भने एक जना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न आफूलाई हम्मे परेको छ ।”

डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म यसको सुनुवाइ नभएको डा साह बताउनुहुन्छ ।

कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुङ्गा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ११ : ५४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा