२०८३, १० भाद्र बिहीबार

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भु आचार्य तथा सदस्यहरु डा. रघुराज काफ्ले, डा. भगवान कोइराला तथा सदस्य सचिव सरोज शर्मासँग प्रतिवेदनको प्राप्तिबारे जानकारी लिंदै प्रधानमन्त्री ओलीले कार्ययोजनाका साथ आउन आग्रह गरे । ‘एक साताभित्र कार्ययोजना लिएर आउनुहोला,’ प्रधानमन्त्री ओलीले भने । ओलीले प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने बताए ।

भेटमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत हुनेछौं ।’ मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाउने बताए ।

स्वास्थ्य बीमामा नागरिक पहुँच अभिवृद्धि गर्न र सेवा स्तरीय दिनका लागि सुझाव दिन भन्दै विश्व स्वास्थ्य संगठनका पूर्व उच्च अधिकारी डा.आचार्यको नेतृत्वमा मन्त्री पौडेलले सुझाव कार्यदल गठन गरेका थिए । प्रतिवेदनमा उठाइएका विषयको कार्यान्वयन ढाँचाबारे अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरिरहेको छ ।

मन्त्री पौडेलले नीतिगत सुधार, सेवाको गुणस्तर सुधार तथा श्रोतको वृद्धिमा जोड दिंदै आएका छन् । स्रोत पर्याप्त नहुँदा तथा विगतको भुक्तानी ढिलाइ हुँदा स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुको बक्यौता रकम भुक्तानी गर्न कठिनाइ भोग्दै आइरहेको छ ।

स्रोत वृद्धि तथा सरकारी निकायबाट छरिएको स्वास्थ्य उपचार राहतसम्बन्धी सेवा तथा बीमा कार्यक्रम एकीकृत गर्न सकिएमा आफूले घोषणा गरेको पाँच लाख बीमा सम्भव हुने मन्त्री पौडेलले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८१, ६ माघ आईतबार  ३ : २० बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री